१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विश्व मधुमेह दिवसमा साइक्लोथोन



बुटवल । बुटवलमा साइक्लोथोन गरेर विश्व मधुमेह दिवस मनाइएको छ । केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरको संयोजनमा साइक्लोथोनको आयोजना गरी मधुमेह दिवस मनाइएको हो ।

बुटवल युनाइटेड साइक्लिङ क्लबको सहयोगमा मधुमेह न्यूनिकरणका बिभिन्न नारा अंकित प्लेकाड सहित बुटवलका विभिन्न स्थानमा साइकल र्याली गरिएको थियो। मधुमेह रोगको जोखिमप्रति जनचेतना फैलाउनु र स्वस्थ जीवनशैलीको महत्व उजागर गर्न साइक्लोथोन गरिएको आयोजक केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरले जनाएको छ ।

साइकल र्याली तिलोत्तमाको योगी कुटीदेखि शुरू भई कालिकानगर हुँदै बुटवल गोलपार्क, सुखानगर हुँदै मणिग्राम मणिग्राम पुगेर केन सेन्टर शंकरनगरमा पुगेर सम्पन्न भएको थियो । साइकल यात्रामा ३० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।

साक्लोथोनको समापनमा बोल्दै केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले विश्व मधुमेह दिवस मनाउन थालेको २२ वर्ष भइसकेको जानकारी दिँदै साइकलिङजस्ता शारीरिक गतिविधिले मधुमेह रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ूसाइकल चलाउँदा सम्पूर्ण शारीरिक अभ्यास हुने भएकाले यसले शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।ु कक्षपतिले भने।

नेपालमा हाल २५ लाखभन्दा बढी व्यक्तिहरू मधुमेहबाट प्रभावित छन् भने करिब ५० प्रतिशत मधुमेह रोगीले आफ्नो रोग पहिचान गर्न सकेका छैनन्। एक अध्ययन अनुसार करिब २१ प्रतिशत नेपालीहरू मोटोपनको शिकार भएका छन्, जुन मधुमेहको प्रमुख जोखिमकारक हो। यसैलाई दृष्टिगत गरी केन सेन्टरले वर्षेनी विश्व मधुमेह दिवसलाई जनचेतना फैलाउने कार्यक्रम गरेर मनाउने गरेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ११ : ०७ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै