२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कोप-२९ मा सहभागी भई स्वेदश फर्किए राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गरे ।

राष्ट्रपतिको स्वागतका लागि मन्त्री,सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित थिए । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो ।

राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकु गएका थिए ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल पनि स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ११ : ०२ बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको