९ माघ २०८२, शुक्रबार | January 23, 2026

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन



काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत आजदेखि समापन भएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घर घरमा विशेष रूपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवं कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दूधर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् ।

यस अवधिमा कुनै कामनाले गरिने कर्ममात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवं वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए । केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।

धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नु हुन्छ कि हुन्न भनी दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन् । तिथिअनुसार प्रत्येक वर्ष चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवं वृहस्पति अस्तले फरक नपर्ने उनले सुनाए । पु्राण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवं वृहस्पति अस्तका बेला गर्न नहुने शास्त्रीय वचन रहेको गौतमले सुनाए ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन । त्यसपछि भने अग्नि जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : १२ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका