१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

भक्तपुरमा ट्रयाक्टर दुर्घटना; एकको मृत्यु, पाँचजना घाइते



भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

चाँगुनारायणबाट भक्तपुरको डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्रयाक्टर अनियन्त्रण भएर सडकबाट तल पल्टिँदा ट्रयाक्टरमा सवार चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा ट्रयाक्टरमा सवार चाँगुनारायण–५ निवासी ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु र ७४ वर्षीय पूर्णकेसी शिल्पकारको भक्तपुर अस्पतालमा सामान्य उपचार गरी घर फर्किएका उनले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका चालक भक्तपुर नगरपालिका–२ व्यासी बस्ने ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ३ : ३१ बजे

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान

नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको शालिक अनावरण

नेपालगन्ज । नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको