२६ बैशाख २०८३, शनिबार | May 9, 2026

क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ



चितवन । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार थपिएका कैदीबन्दीमा लागुऔषध र चोरी मुद्दाका बढी रहेका छन् । कारागारमा कैदीबन्दी थपिएसँगै व्यवस्थापनमा कठिनाइ भएको उनले बताए । उनका अनुसार कारागारमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । हाल २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४९ र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ६६ जना रहेका छन् । उनीहरुसँग तीन जना आश्रित बालबालिका पनि रहेका छन् । छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट समेत कैदीबन्दी ल्याउने हुँदा चाप बढेको उनले बताए ।

अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब कैदीबन्दी बढ्दो क्रममा आए व्यवस्थापनमा कठिनाइ हुने उनले बताए । उनले भने, “चार्डपर्व सकिएलगत्तै कैदीबन्दी आउने क्रम तीव्र हुने गरेको छ ।”

अहिले कारागारमा मौसममा आएको परिवर्तनसँगै ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् । आचार्यका अनुसार अहिले २०–२५ जना रुघाखोकीका बिरामी रहेका छन् । उनीहरुलाई स्वास्थ्य शाखाबाट निगरानीमा राखेर उपचार गरिएको छ । भीडभाड हुने क्षेत्र भएकाले रोग फैलनसक्ने उनले बताए। कार्यालयले कैदीबन्दीका लागि आवश्यक न्यानो कपडा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : २४ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले