६ श्रावण २०८३, बुधबार | July 22, 2026

केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे



काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट ३८ सय कैदीबन्दी मध्य करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागार सुरक्षामा रहेको प्रहरीलाई लखेट्दै कैदीहरु फरार भएको बताइएको छ ।

३८ सय कैदीबन्दी रहेको कारागारमा अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । सो कारागारको महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।

केन्द्रीय कारागारमा भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी पनि भागेको बताइएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोतले बताएको छ । नख्खुका फरार कैदी र केन्द्रय करागारका कैदीहरुले बाहिर र भिज्ञबाट आक्रमण सुरु गरेपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो । शरण माग्न पुगेपछि मात्र कारागार सुरक्षाका लागि सेनाको टोली केन्द्रीय कारागार पुगेको थियो । स्रोतका अनुसार सेना पुग्दा सम्म करिव ३३ सय कैदी भागिसकेका थिए ।

त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ३ : १७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं