१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ



काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी  (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार (यही १४ नोभेम्बर)मा भएको निर्वाचनमा एनपिपी पार्टीले दुई सय २५ स्थानमध्ये एक सय ५९ स्थानमा जीत हासिल गरेको थियो । उनले जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्ध दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय भएको थियो ।

“हालै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र विश्वास हासिल गरेर राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदनभण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलङ्कामा हालै भएको निर्वाचन नतिजाप्रति खुसी प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : १७ बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान