१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गरेका छन् । उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन् ।

‘पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,’ उनले भनेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपतिको भनाइ छ । ‘दुःखको यस घडीमा प्रिय मित्र ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : २२ बजे

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि