९ माघ २०८२, शुक्रबार | January 23, 2026

बाँकेको राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्री, अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्ने प्रतिबद्धता



बाँके । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधबार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालिन र दिर्घकालिन समाधानका योजनाहरु अघि सारिने बताएका छन ।

राप्ती सोनारी गाउँपालिका-७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानव बस्ती उच्च जोखिममा परेको छ । स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरुको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

“राप्ती नदीमा आउने बाढी र त्यसले पु¥याउने जोखिम न्यूनिकरण गर्न अल्पकालिन र दिर्घकालिन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ” मुख्यमन्त्री आचार्यले भने, “जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन जरुरी छ ।”

राप्ती नदीमा आउने बाढीका कारण बाँकेका नदि तटिय क्षेत्र सधैं डुबानमा पर्ने गरेका छन् । स्थानीयहरु विस्थापित हुने र खेतियोग्य जमिन बगरमा परिणत हुदा समस्या बढ्दै गएको छ । नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुदै आएको छ भने राप्ती सोनारी गाउँपालिका वडा नं. ७ को ७५ प्रतिशत भू-भाग प्रभावित हुदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताए । “राप्ती नदीले कटान तिब्र पार्दा हाम्रो उठिवास हुने अवस्था आयो । सरकारले समयमा तटबन्ध नगरे हामि विस्थापित हुने जोखिम छ’उहाँले भन्नुभयो,‘समस्या समाधान गर्नेगरी कार्यक्रम चले राम्रो हुन्थ्यो ।”

राप्ती नदी तटबन्धका लागि संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम गर्दै आएको छ । तर, यो कार्यक्रमबाट तटबन्ध सञ्चालन गर्न बजेट अभाव हुदा स्थानीयहरु नदी कटान र डुबानको जोखिममा बस्नुपर्ने बाध्यता छ । जोखिम क्षेत्रको अवलोन गर्न मुख्यमन्त्री आचार्य सहित प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय बासिन्दासँग छलफल समेत गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ३४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा