६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन प्रदेश सरकार सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन तथा नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिए । ती कानुनी तथा नीतिगत संरचनाले प्रदेश सरकारको कार्यान्वयन क्षमता सुदृढ बनेको उनले उल्लेख गरे ।

उनका अनुसार संघीयताको औचित्य व्यवहारमै देखिने गरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ । संविधानको पूर्ण पालना र संरक्षणका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले बताए । संघीय संरचनाको सम्मान, अधिकारको व्यवहारिक कार्यान्वयन तथा स्रोत-साधनको सुनिश्चितताका लागि लुम्बिनी प्रदेश सधैं स्पष्ट र दृढ रहेको मुख्यमन्त्रीको भनाइ छ ।

प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणलाई कार्यसम्पादनको मूल आधार बनाइएको मुख्यमन्त्री आचार्यले बताए । सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता तथा सार्वजनिक उत्तरदायित्व बलियो बनाउने काम भइरहेको उनले उल्लेख गरे । चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी विकास आयोजना अघि बढाइएको पनि सन्देशमा जनाइएको छ ।

मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा प्राप्त संघीयतालाई प्रशासनिक र वित्तीय संघीयताका रूपमा संस्थागत गर्नु अपरिहार्य भइसकेको उल्लेख गरे । संघीयताको सवलिकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी तथा जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी तथा आम नागरिकको सहकार्य र सकारात्मक भूमिकाको अपेक्षा गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि साझा प्रयास आवश्यक रहेको बताए ।

प्रदेश स्थापना दिवसमा लुम्बिनीमा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाको संयुक्त आयोजनामा मूल समारोह कार्यक्रम सम्पन्न गरिने जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ३७ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका