३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

राष्ट्रपति पौडेलद्वारा ‘नेपालका निधि’ पुस्तक लोकार्पण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरे । उनले भने, “सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।”

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङग्रहणीय सामग्री हुने स्पष्ट पारे ।

उनले महेन्द्रनारायण निधि बिपी कोइराला र समाजवादी नेता डा राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे । उनले भने, “जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रूढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक जीवनका अनेकौँ उतारचढावका दिनमा मैले निधिजीलाई अन्यन्त, धैर्यवान्, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु ।”

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ४ : ३७ बजे

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर लगातार तीन वर्षदेखि उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ

महाकुम्भमा भयानक दुर्घटना, १० जनाको मृत्यु, १९ घाइते

प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ ।