२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवल–गोरुसिङ्गे सडक विस्तार : नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले साजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उनले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्र उप्काएर काम अघि बढाउन निर्देशन दिएका हुन् ।

“बुटवल–नारायणघाट सडक विस्तार गर्दा जुन समस्या भोग्नुप¥यो, त्यो समस्यायता भोग्नु नपरोस्, काम गर्दा जनतालाई सास्ती होइन, सुविधा कसरी दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ”, उनले भने, “आवागमनलाई कुनै बाधा नपुग्नेगरी सडक विस्तारको कामलाई गति बढाउने बारेमा धेरै विकल्प खोजेर काम गर्न जरुरी छ ।”

बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम रु ३४ अर्ब लगानीमा हुँदैछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । उक्त दुई लेनको सडक अब चार लेनको बन्ने छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्नसक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने जानकारी गराइएको छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ ।

राजधानी क्षेत्रमा सहज पहुँचका लागि यो सडक खण्डले महत्वपूर्ण योगदान पु¥याउने छ । यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको करिडोरलाई हरित क्षेत्रका रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए । मुख्यमन्त्री आचार्यले समस्या भएका क्षेत्रको पहिचान गरेर भू–क्षय नियन्त्रणदेखि पर्यटन विकाससँग जोडिएका क्षेत्रमा पनि लगानी गर्न आग्रह गरेका छन् ।

सडक विस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । सडक निर्माणको भौतिक काम २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ । पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्मको ५० किलोमिटरमा काम हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १ : ३१ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ