२५ भदौ २०८३, बिहिबार | September 11, 2026

गरिमा विकास बैंकको १८ औं बार्षिकोत्सवको अवसरमा बुटवल शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । गरिमा विकास बैंक लिमिटेडले बुटवल शाखाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको १८ औं बार्षिकोत्सवकोे अवसरमा बुटवल शाखाले शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ८४ पोइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक बैंकका बुटवल शाखाका दैनिक कार्य संचालन इकाइ महेन्द्र बस्यालले जानकारी दिए ।

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंसहित देशभर १८ वटा फरक-फरक कार्यक्रमहरु समेत आयोजना गरिएको गरिमा विकास बैंक बुटवल शाखाका प्रमुख लेखनाथ भट्टराईले बताए ।

रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख गर्दै गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख पुरुषोत्तम पाण्डेयले रगतको अभावको अन्त्य गर्दै जिवन बचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु समेत आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको पाण्डेयले जानकारी दिए ।

काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ४४ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ