२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै



काठमाडौं । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ राष्ट्रिय नाराका साथ मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ ।

उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर माइतीघर मण्डलादेखि भृकुटीमण्डपसम्म ¥याली आयोजना गर्न लागेको छ । मङ्सिर १० गतेदेखि सुरु हुन लागेको अभियानका लागि मन्त्रालयले विगतमा जस्तै चेतनामूलक कार्यक्रममा जोड दिएको मन्त्रालयका लैङ्गिक हिंसा निवारण सम्पर्क व्यक्ति ममता विष्टले बताइन् ।

विष्टका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउनको लागि रु १० लाख बजेट छुट्टाइएको छ । मन्त्रालयले प्रदेशमा भएका विभिन्न सांसदसँग हिंसाविरुद्धको जनचेतनामूलक अभियानमाथि छलफल गर्ने, सम्बन्धित सङ्घसंस्थासँग अभियानमा सहकार्य गर्ने, शिक्षा मन्त्रालयमार्फत विद्यालयमा हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको उनले जानकारी दिइन् ।

“जनचेतना अभिवृद्धि गर्ने बुक लेट निकाल्ने कार्यसमेत हुँदैछ”, विष्टले भनिन््, “यो हिंसाविरुद्धको अभियान हो । त्यसैले हरेक दिन केही न केही जनचेतनामूलक कार्य गरिरहने तालिका छ ।” उनले विगतमा जस्तै अभियानकै रुपमा मन्त्रालयले १६ दिने कार्यक्रम निरन्तरता दिइहरेको बताइन् ।

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ४८ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज