२९ माघ २०८१, मंगलबार | February 12, 2025

आजदेखि धरहरामा पैसा तिरेर चढ्न पाइने



काठमाडौं । आजदेखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा चढ्नका लागि अबदेखि दुई सय रुपैयाँ तिर्नु पर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लगाएको छ ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।

विदेशी पर्यटकका लागि भने छुट्टै शुल्कको व्यवस्था गरिएको छ । सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । त्यस्तै फोटो सुट, भिडियो सुटका लागि पनि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : १५ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर