२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

आजदेखि धरहरामा पैसा तिरेर चढ्न पाइने



काठमाडौं । आजदेखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा चढ्नका लागि अबदेखि दुई सय रुपैयाँ तिर्नु पर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लगाएको छ ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।

विदेशी पर्यटकका लागि भने छुट्टै शुल्कको व्यवस्था गरिएको छ । सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । त्यस्तै फोटो सुट, भिडियो सुटका लागि पनि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : १५ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन