१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु



ललितपुर । जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो ।

पुनःनिर्माण सरु भएको ऐतिहासिक अदालतको भवन विसं १९९० को भूकम्प अगाडि तीन तलाको थियो । पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्शा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

भारतीय दूतावासको सहयोगमा काम सुरु भएको एतिहासिक अदालत भवनको पुनःनिर्माणको पतली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी जिम्मा लिएको कम्पनीका इञ्जिनियर किसन कुटाभारले जानकारी दिए ।

रु अठार करोडमा पुरानै संरचनामा निर्माण हुन लागेको अदालतमा पाटन दरबार सङ्ग्रहालयको कार्यालय रहनसक्ने दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले जानकारी गराए । उनले भने, “लामो समयको प्रतिक्षापछि जीर्ण अवस्थामा रहेको अदालत भवन पुनः निर्माण सुरु भएको छ । पूरानै शैलीमा निर्माण भएपछि पाटन दरबार क्षेत्रको स्वरूप अझ आकर्षक देखिने छ ।”

जीर्ण भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको ललितपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी पाठकले जानकारी दिए । उनका अनुसार ऐतिहासिक अदालत भवनलगायत पाटनदरबार क्षेत्रका अन्य ऐतिहासिक सम्पदा केही पुनःनिर्माण हुँदैछन् भने केही पुनःनिर्माणको प्रक्रियामा छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : ११ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ