१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

पश्चिम नवलपरासीमा एक करोड बढी मूल्यको सालका काठ सड्दै



नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।

काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उनले बताए । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताए ।

काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताए ।

सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ