३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा



धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताए ।

सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।

फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताए ।

सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : ०७ बजे

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

गोरखा । मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको उपस्थितिबारे अन्योल

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडकखण्ड बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा