१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

लुम्बिनी प्रदेश सरकारले एसियाली विकास बैंकसँगको ऋण सिंचाई अभिवृद्धिकालागि उपयोग गर्ने



दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेसँगै सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सञ्चालन हुने भएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरकालागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए । ‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिंचाई बढाउन यो परियोजनाले मद्धत गर्ने छ’, प्रवक्ता पन्थिले भने, ‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ ।

यो परियोजना लुम्बिनी सहित पाँच वटा प्रदेशमा लागु हुने छ । किसान व्यवस्थित सिँचाई प्रणाली मार्फत कृषिको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायू उत्थानशिलतामा सुधार गर्ने, सिंचाईको आधुनिकीकरण र एकिकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ । किसान व्यवस्थित सिंचाई प्रणाली मार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पा स्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं. १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिंचाई उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : ४६ बजे

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५