१५ असार २०८३, सोमबार | June 29, 2026

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी



बाँके । जानकी गाउँपालिका-२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख आम्दानी गर्दै आएका छन । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौँदेखि सिँगडाखेती गर्दै आएका छन ।

“अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ”, उनले भने, “व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।”

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेका किसान कश्यपले बताए ।

कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आएका छन । बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइनभ्याई हुने गरेको छ । “यो हाम्रो पुख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दै आएको छ”, उनले भने, “१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार तिर्ने गरी भाडामा लिएको छु ।”

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ । यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक-मङ्सिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताए ।

“सिँगडाको बीउ असारतिर पानीमा हाल्छौँ, कात्तिक-मङ्सिरमा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नु पर्दैन”, उनले भने, “रोपेपछि दुई-तीन पटकसम्म आवश्यकतानुसार कीराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।”

चाडबाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको उनले बताए । अन्य समयमा भन्दा चाडबाडका बेलामा बढी माग हुन्छ, चाडबाडको समयमा स्थानीय गाउँमा स्थानीय मेला लाग्ने गर्दछन्, मेलामा धेरैजसो बिक्री हुने गर्दछ, चाडबाडमा व्रत बस्नेहरूले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्दछन् । यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उनको भनाइ छ ।

भारतबाट आउने सिँगडाले गर्दा स्थानीय उत्पादन बिक्री गर्न समस्या उत्पन्न हुने गरेको छ । भारतबाट भन्सार छली गरेर, अन्य बाटोबाट आएको सिँगडा नेपालगञ्जमा सस्तो दरमा बिक्री हुन थालेपछि सस्तो दरमा बिक्री गर्नुपर्ने बाध्यता आउने गरेको किसान कश्यपले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : १३ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै