१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

आजको मौसम : पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा



काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक-दुई स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ७ : ३९ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन