२७ बैशाख २०८३, आइतबार | May 10, 2026

औद्योगिक व्यापार मेला बुटवल २०८१ : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता



बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ ।

कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका लागि अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिईएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी गराए ।

यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य वस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको छ । कृषिमा व्यवसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा (अल्लो), कृषि औजार कृषि प्रविधि, हलो उन्नतीकरण लगायत स्थानीय उत्पादन समावेश गरिने छ ।

त्यसैगरी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सामुहिक कृषि सूचना केन्द्र रहनेछ । त्यसैगरी कृषिमा डिजिटल विकासका बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसंग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताए ।

१६ दिनसम्म चल्ने मेलामा कृषिसंग सम्बन्धित डेरी उत्पादनलाई पनि प्राथमिकता दिईनेछ । डेरीजन्य उत्पादनका विविधिकरण खिर, कुरौनी, कपि लगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य संघ डेरी वस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराए । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा कृषि सहित सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटल समेत गरी करिब ५ सय स्टल सहभागि गराईने कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ् समितिका समन्वय कर्ता सुरज भट्टराईले जानकारी गराए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ३ : ३८ बजे

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा

सुनको मूल्य एकहजारले घट्यो, चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि