५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलको सिंह कम्प्लेक्समा फ्रेड्स सिनेमा सञ्चालनमा, उद्घाटनको पहिलो हप्ता टिकट शुल्क १५० मात्रै



बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा फ्रेड्स सिनेमा सञ्चालनमा आएको छ । तीन जना युवाहरुले रोयल सिने हब प्रालिद्वारा फ्रेडस सिनेमा सञ्चालनमा ल्याएका हुन । शुक्रबारदेखि हल औपचारिक रुपमा सञ्चालन हुने भएको हो ।

३ वर्ष अघि धरानबाट फिल्म उद्योगलाई प्रमोट गर्ने उदेश्यका साथ लागेको प्रदिप धामी, पुष्कर घिमिरे र आशिष तामाङ गरि ३ जना साथीहरु मिलेर रोयल सिने हब प्रालि स्थापना गरेका थिए । धरानमा सिनेमा हल सञ्चालन र फिल्म डिष्ट्रिब्युटर शुरु गरेको यो ग्रुपले बुटवलमा दोस्रो हल संचालनमा ल्याएका हुन ।

रोयल सिने हब प्रालिका सञ्चालक पुष्कर घिमिरेले चेन सिनेमासंगै डिष्टिब्युसन समेत अघि बढाउने बताए । फर्कि फर्कि, कुश्मा र १२ गाउ लगायत फिल्म डिष्टिब्युसन गरेको भन्दै उनले उनको स्विटर, बलिदान, फेरि रेशम फिरिरि लगायत फिल्महरु पाईपलाईनमा रहेको बताए ।

नयाँ ब्यवस्थापनमा हल सञ्चालनका लागि प्रोजेक्ट, एसी, सिट क्षमता बढाउने लगायत उपकरणहरुमा करिब १ करोड रुपैया खर्च भएको उनले बताए । हलको २२२ जनाको सिट क्षमता रहेको छ । यसैगरी एसी र साउण्ड गुणस्तरलाई समेत विशेष ब्यवस्था गरिएको छ । मूभि ठेयटरलाई उपयोगी हुने हलको साउण्ड डल्बी साउण्डको रहेको छ ।

बिहानी शो न्यून र डिवा सो (मंगलबार र बुधबार) न्यून शुल्क राखिने उनले बताए । भ्यु सिनेमा पेज नै अब फ्रेण्डस सिनेमाबाट संचालन हुने उनले बताए ।

टल्लो र माथिल्लो तलामा गरि दुवै स्थानमा बक्स अफिस राखिने उनले बताए । उद्घाटनको पहिलो हप्ता हुदा दर्शकहरुलाई रु १५० को टिकट शुल्क राखिएको उनले बताए । दैनिक पाच देखि ६ शो चलाउने उनले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ४१ बजे

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर