४ पुस २०८२, शुक्रबार | December 20, 2025

रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइयो



काठमाडौं । सहकारीको रकम अपचलन सहितको ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप बयानका लागि पोखराबाट काठमाडौंका ल्याइएको छ । उनलाई आज अपरान्हको बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।

उनलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा दर्ता भएको मुद्दाको अनुसनधानका क्रममा रुपन्देही लगेर बयान लिइएको थियो । पछिल्लो पटक उनलाई १५ दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको