१० माघ २०८१, बिहिबार | January 23, 2025

रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु



काठमाडौं । रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका(३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतलगायत रहेको रामेछाप प्रहरीले जनाएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए ।

सुमोमा आठ जना सवार थिए । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको उनले बताए ।

प्रहरीका अनुसार सुमो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। मृत्यु हुने जनप्रतिनिधि बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : ०५ बजे

काभ्रेको महाभारत जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन

भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित

काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका