३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु



काठमाडौं । रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका(३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतलगायत रहेको रामेछाप प्रहरीले जनाएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए ।

सुमोमा आठ जना सवार थिए । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको उनले बताए ।

प्रहरीका अनुसार सुमो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। मृत्यु हुने जनप्रतिनिधि बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : ०५ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका