१८ असार २०८३, बिहिबार | July 2, 2026

तेह्रौ एभरेष्ट अन्तर विद्यालय बादविवादको उपाधि कान्ति माविकी अदितीलाई



बुटवल । बुटवलमा भएको तेह्रौ एभरेष्ट अन्तर विद्यालय बादविवाद प्रतियोगिताको उपाधि कान्ति मावि बुटवलले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयकोे आयोजनामा भएको प्रतियोगितामा रुपन्देही जिल्लाभरीका ४६ विद्यालयलाई पछि पार्दै कान्ति माविका विद्यार्थी अदिती पन्तले उपाधि हात पारेकी हुन् ।

उनले नगद २० हजार रुपैया पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । ‘बौद्धिक पलायनमा वृद्धि : अवसरको कमी वा महत्वाकांक्षा प्रवृति’ भन्ने शिर्षकमा भएको बादविवाद प्रतियोगितामा न्यु स्ट्याण्डर स्कुलकी विद्यार्थी विनिशा पौडेल द्वितीय भईन् । उनले नगद १५ हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । यस्तै मणिमुकुन्द माविकी एन्जल बेल्वासे तृतीय भईन् भने देवदह बुद्ध पब्लिक स्कुलकी विद्यार्थी अनुस्का भण्डारीले सान्त्वना स्थान हासिल गरिन् । उनीहरुले क्रमश, १० हजार, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले जानकारी दिए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले मुलुकमा रोजगारीको राम्रो अवसर नहुँदा ठुलो बौद्धिक जमात वैदेशिक पलायन भएको स्मरण गर्दै मुलुकमै टिकाई राख्ने वातावरण बन्न आवश्यक रहेको बताए । शैक्षिक गुणस्तरवृद्धिका लागि निजी विद्यालयले पुर्याएको योगदान ठुलो रहेको स्मरण गर्दै उनले बौद्धिक पलायनलाई रोक्ने भुमिकाहरुको खोजी गर्न पनि निजी शैक्षिक संस्थाहरुलाई सुझाव दिए । उनले पाठ्यक्रममा आधारित शिक्षासँगै अतिरिक्त ज्ञानको पनि आवश्यक पर्ने भएकाले यस्ता प्रतियोगिताले त्यो अवसर जुराई दिने विचार राखे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपाने, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले विद्यार्थीहरुमा शैक्षिक विकासकालागि सबैखाले ज्ञानको आवश्यक पर्ने बताउँदै बौद्धिक पलायन मुलुकको ठुलो समस्याका रुपमा रहेकाले यसलाई राज्यले सम्बोधन गर्नु पर्ने विचार राखे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार ऋषिराम भुसाल, शंकरप्रसाद गैरे, र राजेन्द्रप्रसाद आचार्यले निर्णायकको भुमिका निभाएका थिए । शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा काभा १९ वर्ष मुनिको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका एभेरष्टका खेलाडी विद्यार्थीहरु तथा भलिवल प्रशिक्षक अर्जुन घिमिरेलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ३१ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता