७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको निधन



काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ ।

दुई कार्यकाल नेपाल शिक्षक सङ्घका नेतृत्व गरेका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति हृदयघातका कारण निधन भएको नेपाल शिक्षक सङ्घका उपमहासचिव एव प्रवक्ता नारायण तिमिल्सिनाले जानकारी दिए ।

स्थायी घर गुल्मी भई कास्कीमा शिक्षक रहँदा ज्ञवाली शिक्षक सङ्घमा आवद्ध भएका थिए । विसं २०५३ देखि २०५७ सम्म कास्की जिल्ला अध्यक्ष भएकामा विसं २०५७ देखि २०६१ सम्म शिक्षक सङ्घको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएका थिए ।

नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधिसमेत रहेका ज्ञवालीको शवलाई अहिले नेपाल शिक्षक सङ्घको केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको आजै हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ४ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज