२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एमाले–कांग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा



लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ ।

एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामका बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका थिए । एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका कामहरु सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको उनले जानकारी गराएका थिए ।

यस्तै, बैठकमा संसदीय क्षेत्रमा भएका कामका बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारेका थिए । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिए ।

प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै, मङ्सिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज अर्याल, मुख्यमन्त्री आचार्य र प्रदेश अध्यक्ष कँडेल रहेका छन् । यस्तै, कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ८ : ०५ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ