२७ माघ २०८२, मंगलबार | February 10, 2026

चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै



काठमाडौं । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ५३ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी