१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

ग्याष्ट्रो सेन्टरले मनायो प्रथम वार्षिक उत्सव, एक वर्षमा २५८७ को उपचार, ३०५ जनाको निःशुल्क उपचार



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक वर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ ।

प्रथम वार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका अध्यक्ष डा। मोहन भुषालले स्थापनाको पहिलो वर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए ।

एक वर्षमा उपचार भएका बिरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको अध्यक्ष डा। भुषालको भनाई रहेको छ । एक वर्षमा ७५ जना बिरामीमा क्यान्सर समेत देखिएको कारण उपचार समेत गरिएको प्रालिले जनाएको छ ।

यसको साथै प्रालिले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रुपन्देहीको देवदह, अर्घाखाँचीको सितगंगा र गुल्मीको भार्सेमा निःशुल्क स्वाथ्य शिविर समेत सञ्चालन गरेको थियो । प्रालिका अनुसार शिविरबाट १ हजार २ सय ४८ जनाले सेवा लिएका थिए । शिविरमा आएका ९२ जना बिरामीको निःशुल्क रुपमा ईन्डोष्टकपी समेत गरिएको सञ्चालक प्रालिले जानकारी दियो ।

यस्तै प्रालिको प्रथम स्थापना दिवसको अवसरमा लिभरको जाँचमा ४० प्रतिशत छुट र ओपीडी टिकट, ल्याब लगायतका १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको प्रालिका सञ्चालक युवाराज दिशामगरले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ५८ बजे

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले