२० मंसिर २०८२, शनिबार | December 7, 2025

ग्याष्ट्रो सेन्टरले मनायो प्रथम वार्षिक उत्सव, एक वर्षमा २५८७ को उपचार, ३०५ जनाको निःशुल्क उपचार



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक वर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ ।

प्रथम वार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका अध्यक्ष डा। मोहन भुषालले स्थापनाको पहिलो वर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए ।

एक वर्षमा उपचार भएका बिरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको अध्यक्ष डा। भुषालको भनाई रहेको छ । एक वर्षमा ७५ जना बिरामीमा क्यान्सर समेत देखिएको कारण उपचार समेत गरिएको प्रालिले जनाएको छ ।

यसको साथै प्रालिले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रुपन्देहीको देवदह, अर्घाखाँचीको सितगंगा र गुल्मीको भार्सेमा निःशुल्क स्वाथ्य शिविर समेत सञ्चालन गरेको थियो । प्रालिका अनुसार शिविरबाट १ हजार २ सय ४८ जनाले सेवा लिएका थिए । शिविरमा आएका ९२ जना बिरामीको निःशुल्क रुपमा ईन्डोष्टकपी समेत गरिएको सञ्चालक प्रालिले जानकारी दियो ।

यस्तै प्रालिको प्रथम स्थापना दिवसको अवसरमा लिभरको जाँचमा ४० प्रतिशत छुट र ओपीडी टिकट, ल्याब लगायतका १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको प्रालिका सञ्चालक युवाराज दिशामगरले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ५८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल