११ चैत्र २०८२, बुधबार | March 25, 2026

कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै सिद्धार्थ हस्पिटालिटी



काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रबर्द्धनमा जोड दिएको छ । सिद्धार्थले सोभेनियर सपमार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको हो ।

सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए । उनका अनुसार राउटे र अन्य समूदायले बनाएका काठका सामग्री, थारू समूदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्री समेत सोभेनियर सपमा राखिएको छ ।

प्राय: होटलको सोभेनियर सपमा गरगहना र कपडा राख्ने चलन भए पनि यस होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन राखिएको हो । ‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रुपमा विभिन्न उत्पादन तथा अर्ग्यानिक कृषिजन्य उत्पादन कोसेलीका रुपमा लैजान सकून भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो,’ उनले भने, ‘हाम्रो यो प्रयासबाट यहाँका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण हुनुका साथै किसानलाई प्रोत्साहन हुने अपेक्षा गरेका छौ ।’

रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई उक्त उत्पादन आपूर्तिका लागि समन्वयन गरिएको सो समितिका अध्यक्ष उदिराम डाँगीले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : १५ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत