१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै सिद्धार्थ हस्पिटालिटी



काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रबर्द्धनमा जोड दिएको छ । सिद्धार्थले सोभेनियर सपमार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको हो ।

सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए । उनका अनुसार राउटे र अन्य समूदायले बनाएका काठका सामग्री, थारू समूदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्री समेत सोभेनियर सपमा राखिएको छ ।

प्राय: होटलको सोभेनियर सपमा गरगहना र कपडा राख्ने चलन भए पनि यस होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन राखिएको हो । ‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रुपमा विभिन्न उत्पादन तथा अर्ग्यानिक कृषिजन्य उत्पादन कोसेलीका रुपमा लैजान सकून भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो,’ उनले भने, ‘हाम्रो यो प्रयासबाट यहाँका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण हुनुका साथै किसानलाई प्रोत्साहन हुने अपेक्षा गरेका छौ ।’

रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई उक्त उत्पादन आपूर्तिका लागि समन्वयन गरिएको सो समितिका अध्यक्ष उदिराम डाँगीले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : १५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले