२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकामा सार्वजनिक बिदा हुने



बारा । गत मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ । बारा जिल्लाको १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ ।

प्रत्येक पाँच पाँच वर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ । प्रत्येक पाँच पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि बारा जिल्लाका १६ वटै पालिकाहरुले ४ दिन देखि लिएर ५ दिन सम्म स्थानिय चाड पर्व बिदा अन्तर्गत पालिकाहरुमा बिदा दिइने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

यता विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारे जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाले स्थानीय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय, सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, संघ संस्थाहरु, बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुर सिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

मंसिर ०२ गते बसेको १६ वटै पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकमा गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक बिकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि लिएर २५ गते सम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण वडा कार्यालय र बैंक बितिय, शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।

मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ । शनिवारदेखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ । बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा रहने बारे सुचना मार्फत नगरबासीलाई जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ७ : ५६ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि