१३ माघ २०८१, आइतबार | January 26, 2025

चीनसँग ऋण सम्झौता भएको छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै ऋण सम्बन्धी सम्झौता नभएको बताएका छन् । उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको स्पष्ट पारे ।

चीन भ्रमणबाट आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनसँग कुनै ऋण लिने सम्झौता नगरेको बताए ।

बिआरआईको फ्रेमवर्कमा ऋण उल्लेख नभउको उनले बताए । ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? उनले प्रश्न गरे, सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं ।’

उनले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने बताए । यसपटक बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक परियोजना अन्तर्गत पछि सरकारले छुट्टै छलफल र सहमतिहरू गर्ने जनाए ।

आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ३ : ४५ बजे

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५

रेजा लगाउने मसीको बहानामा अखिल क्रान्तिकारीको मतगणना स्थगित

काठमाडौं । अखिल क्रान्तिकारीको मत गणनामा अनिश्वित कालका स्थगित भएको

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दामा फायल मगाउन आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै