९ माघ २०८१, बुधबार | January 22, 2025

प्रहरीद्वारा गृहमन्त्री रमेश लेखकका नक्कली ‘पिए’ पक्राउ



काठमाडौं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

गृहमन्त्री लेखकको नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालकै आग्रहमा उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए÷सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ८ : १४ बजे

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९