१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन



कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ३२ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०