१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मतदाता नामावलीमा नाम दर्ता गर्ने काम २३ गतेबाट सुचारु हुने



काठमाडौं । स्थानीयतहको उपनिर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने भएको छ ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले आज एक विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने जनाएकी छिन् ।

यसअघि गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि भन्दै आयोगले मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेको थियो ।

निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ४८ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट