९ माघ २०८१, बुधबार | January 22, 2025

नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगतै पक्राउ



सप्तरी । डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगत्तै पक्राउ परेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन वर्ष अघि सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा साहको समेत संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेको थियो । सोही अभियोगमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यही मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट निर्वाचित भएका थिए । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले नवनिर्वाचित वडाध्यक्ष साह उपर अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादीविरुद्ध २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे उजुरी परेको छ । साह सहितका व्यक्तिविरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसयता साह फरार भएका थिए ।

विसं २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । साथै गत साउन १४ गते पनि इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको र गत साउन १५ गते साहसहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आकलन गर्दै साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । विसं २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका प्रितमलाल चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ०० बजे

सशस्त्र प्रहरी बल २४औँ वर्षमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा

तोलामा १९ सयले बढ्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका