८ चैत्र २०८२, आइतबार | March 23, 2026

१७ औं निर्माण दिवसको अवसरमा मैनाबगर आधारभुत विद्यालयमा शैक्षिक सामग्री तथा पोशाक वितरण



बुटवल । १७ औं निर्माण दिवसको अवसरमा लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बुटवल ११ मा रहेको मैनाबगर आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई डेढ लाख बराबरको शैक्षिक तथा पोशाक लगायतका सामग्री वितरण गरेको हो ।

एक कार्यक्रमका बिच नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझी, कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज राना, लुम्बिनी निर्माण ब्यवसायी संघ रुपन्देही जिल्ला अध्यक्ष मन्जु भुषाल, लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवलका अध्यक्ष बुध्दिराज थापा, संघ संरक्षक भिम बहादुर श्रेष्ठ, जिल्लाका सल्लाहकार जबिन कक्षपति, जिल्ला उपाध्यक्ष बिष्णु सुब्बाले विद्यालयका प्रधानाध्यापक कमला ज्ञवालीलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले निमार्ण ब्यवसायीहरुलाई पिडा थप्ने काम सरकारबाट भएको आरोप लगाए । निमार्ण सम्पन्न भएका परियोजनाकै करीब ४० अरब रुपैया भुक्तानी बाकी रहेको भन्दै उनले अहिले निमार्ण सामग्रीमा फेरि मुल्य वृद्धिको पिडा थपिएको बताए । अहिले सिमेन्ट र छडमा मुल्य वृद्धि विरुद्ध महासंघ निरन्तर बिरोधमा गर्दै आएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज रानाले अब्यवस्थित बसोबासी रहेको नगरको ओझेलमा परेको विपन्न अध्ययरत विधालयमा सहयोगको लागि छनौट गरेर महत्वपुर्ण कार्यक्रम गरेको बताए ।

कार्यक्रममा संघका संरक्षक भिम बहादुर श्रेष्ठले विधार्थीको दिशानिर्देश गर्ने र असल नागरिक बनाउने समय नै आधारभुत तहको शिक्षा भएको बताए । यो उमेरका बालबालिकाहरुलाई असल नागरिक बनाउने महत्वपुर्ण जिम्मेवारी शिक्षकको हुने भन्दै अनुसासन सिकाउन उनले सुझाव दिए ।

कार्यक्रममा संघका सल्लाहकार जबिन कक्षपतिले काम गरेर भुक्तानी नपाएको समस्या ब्यहोरिरहेको बेला मुल्यवृद्घिको अर्को समस्या थप्ने काम भएको बताए । ब्यवसायिक हकहितको पक्षमा संस्थागत रुपमा आवाज उठाउन उनले आग्रह गरे । बुटवल नगरभित्रकै ओझेलमा परेको विधालयमा १३७ जना विपन्न परिवारका विधार्थीहरुलाई सहयोग गरेर उदाहरणिय काम भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवलका अध्यक्ष बुध्दिराज थापाले वार्षिक कार्ययोजना अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा सहयोग गरिएको बताए । नगरभित्रकै धेरै बिपन्न परिवारका बालबालिकाहरु अध्ययरत विद्यालयलाई थप आगामी दिनमा समेत सहयोग गर्ने उनले बताए । कार्यक्रममा माउण्टेन ईन्फ्रा ट्रेड प्रालिका प्रेम प्रसाद भुषालबाट समेत सहयोग भएको उनले बताए ।

कार्यक्रममा नेपाल निर्माण ब्यवसायी महासंघका रुद्र शर्मा, नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष नवराज श्रेष्ठ, नेपाल निर्माण ब्यवसायी महासंघका नितिगत उप–महासचिव बिनय ज्ञवाली, कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ रुपन्देही जिल्ला अध्यक्ष मन्जु भुषाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खड्काले सामाजिक उत्तरदायित्व अन्तरगत ब्यवसायीहरु निरन्तर लागेको बताए ।

कार्यक्रमका संयोजक तथा द्घितिय उपाध्यक्ष किशन आचार्यले ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा समेत आफुहरु सधै अग्रसर रहेको बताए । मुल्यवृद्घिको समस्या र आर्थिक समस्या परेको निर्माण ब्यवसायीको पक्षमा सरकार सोच्नुपर्ने समय आएको बताए ।

संस्थाका सल्लाहकार यदुनाथ पाण्डेयले जिल्लामा वर्षमा दुई पट दर रेटका समायोजन गर्ने प्रायोजन भएको भन्दै यो विषयमा ब्यवसायीहरु सचेत भएर लाग्नुपर्ने उनले बताए । भुक्तानीको विषयमा आन्दोलनमा रहेको बेला फेरि मुल्यवृद्घिको चपेटामा परेको भन्दै समस्या समाधानमा संस्थागत रुपमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा संघका सचिव हिरा श्रेष्ठले शुक्रबार दिप प्रज्वलन गरि शुरु भएको दिवस शनिबार विधालयमा सहयोग सामग्री वितरण, आश्रममा खाना खुवाउने तथा आईतबार रक्तदान तथा शुभकामना आदानप्रदान गरि मनाएको बताए ।

 

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ३ : २३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय