१४ भदौ २०८३, आइतबार | August 30, 2026

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित



गलकोट । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट रु १२ लाख किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । “सिगानाको सुन्तला नारायणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु दुई-चार लाख कमाइन्छ”, तामाङले भने, “किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।”

तामाङले एउटै बगैँचालाई रु तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए । खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् ।

खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीले बताए ।

धादिङ, काठमाडौं, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको रु एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए । अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महँगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २९ बजे

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण