१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

झापामा ८३ वर्षीया वृद्धाको हत्या, दुई पक्राउ



काठमाडौं । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ । हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो ।

अनुसन्धान अनुसार वृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर-७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए । वृद्धाको हत्या गर्नुको कारणबारे पक्राउ परेकासँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : १४ बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी