२५ भदौ २०८३, बिहिबार | September 11, 2026

सजिलो बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न



बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल-९ को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको बुटवल फूलबारीमा साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सहकारीले उद्यमशिलतामा विशेष जोड दिनुपर्ने बताइन् । साथै सहकारीले अब आर्थिक क्षेत्रमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

संस्थाका अध्यक्ष रामराज पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गर्दै आएको बताए । अहिले केही सहकारी संकटमा परे पनि आफूहरुको निरन्तर प्रयासले सजिलो सहकारी फाइदामै रहेको बताए । स्थानीय स्तरमा स्थानीय नागरिकबाट सञ्चालन भएका सहकारीमा गरेको लगानी खेर नजाने पोख्रेलको भनाइ छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर-९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष बसन्त ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले भनाइ राखेका थिए । हाल सहकारीको कुल पुँजी १० करोड ८१ लाख १६ हजार ४४४ रहेको छ ।

जसमा कर्जा लगानी ८ करोड ४० लाख ९० हजार ८७१, निक्षेपतर्फ ८ करोड ५७ लाख ५७५ रहेको छ । शेयर पुँजीतर्फ १ करोड १८ लाख ८९ हजार रहेको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष भीमलाल गौतमको स्वागत तथा सचिव गुणनिधि खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २९ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ