२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

हुम्लामा हिमपात (फोटो फिचरसहित)



सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।

हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : ३१ बजे

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को