२५ भदौ २०८३, बिहिबार | September 11, 2026

औद्योगिक व्यापार मेला बुटवल-२०८१ मा दलहरुको प्रतिवद्धता : सफल बनाउन सहयोग गर्छौँ



बुटवल । बुटवलमा हुने औद्योगिक व्यापार मेला बुटवल-२०८१ लाई सफल बनाउन जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संघले सहयोगको लागि आग्रह गर्दै सुझाव सल्लाह लिनको लागि मेला सचिवालयमा राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रियामा जिल्लामा क्रियाशिल राजनीतिक दलका नेताहरुको सहभागिता रहेको मेला कार्यसम्पादन समितिका उपसंयोजक तथा राजनीतिक दल समन्वय संयोजक बिमलराज भट्टराईले जानकारी गराए ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बुटवलमा हुने मेला आयोजक संस्थाको मात्रै नभएर सिंगो बुटवल र रुपन्देही जिल्लाकै प्रतिष्ठासंग जोडिएको बताए । उनले यो मेलालाई सहयोग गर्न र मेलालाई सफल बनाउनको लागि सुझाव सल्लाह दिनको लागि समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले बुटवलमा हुने औद्योगिक व्यापार मेला बुटवल उद्योग वाणिज्य संघको मात्रै नभएर समग्र बुटवलकै भएको बताउँदै यसलाई व्यवस्थित गर्नका लागि बुटवल उपमहानगरपालिकाकाले संरक्षकत्व प्रदान गरिएको बताए । उनले पार्टीका तर्फबाट पनि पूर्ण साथ सहयोग रहेने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी एमाले रुपन्देहीका अध्यक्ष यज्ञप्रसाद गैरेले बुटवलको मेलाले छुट्टै आफ्नै पहिचान बनाएको बताए । उनले मेला तथा महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताउँदै नेपाली राजनीतिक आन्दोलन आर्थिक समृद्धिसंग पनि जोडिएकाले अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा आफूहरुको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरीले बुटवलको मेला आफैमा एउटा ब्राण्ड बनेको बताउँदै बुटवलमा हुने मेला बुटवल उद्योग वाणिज्य संघको मात्रै नभएर सिंगो बुटवलको भएकाले त्यसमा पार्टीको पूर्ण साथ र सहयोग रहने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्दीय सदस्य शरद वलीले, नेकपा माओवादी केन्द्रका पुष्पराज ढकाल, महेन्द्र भुसाल, राप्रपाका पुनाराम पोखरेल, तोयनाथ लम्साल, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका तुलसी चौधरी लगायतले उद्योगी र उपभोक्तालाई जोड्नेगरी आयोजना गरिएको यो मेलामा राजनीतिक दलको तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले मेला सञ्चालनका क्रममा गर्नुपर्ने रचनात्मक सुझावहरु समेत प्रदान गरेको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : २८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ