२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक व्यवस्थापन अस्तब्यस्त



बारा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बिहानै देखि बोकाको बली दिन सुरु भएको छ। भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज हजारौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छ।

बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देखिएको छ। ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाईका परिरहेको बली चढाउन आएका भक्तजनहरुले बताएका छन् ।

पंचवर्षीय गढीमाई मेलामा बिगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकले दाबी गरेपनि मेलाको दोस्रो दिन ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । जता ततै बाट गलत साईडमा आएको सैयौं मोटरसाईकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानै देखी पुर्ण रुपमा अवरुद्ध भएको छ।

बिहान ७ बजेदेखी नै बोका लिएर सैयौं भक्तजन पुल माथी अलपत्र परेका छन्। कैयौं मानिस पुलको तल बाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिर तर्फ अघि बढेको देखिएको छ ।

बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर  १ गते देखि सुरु भएको छ। गढीमाई मेलाको मुख्य दिन हिजो आईतवार करीब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।

मन्दिरका मूल पुजारी मंगल चौधरीसंग मिलेर बिशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो। मूल तान्त्रिकले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।

समाजसेवी त्रिपाठीका अनुसार मेलामा बली प्रदान गरिएको बोकाको संख्या भने यकिन हुने अवस्था देखिएन। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिम बाट पसाहा नदीको पारी जता पनि बोकाको बली दिइन्छ।

त्यस्तै पूर्व , उत्तर दक्षिण तर्फ बाट बोका लिएर आउने भक्तजनले महा गढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने ब्यवस्था गरिएको छ। तथापी पंचवर्षीय बिश्व प्रसिध्द गढीमाई मेलामा भाकल पूरा भएका लाखौं मानिस बोका ल्याएर बली दिएर जान्छन तर संख्या यकिन नहुने समाजसेवी त्रिपाठीले जानकारी दिए ।

विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा  अहिले सम्म देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको  छ ।

पुत्र लाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढिमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाखल गर्दछन्।

विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर  १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : ५८ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु