१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले नेपाल पे क्युआर मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।
सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् ।
नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन । खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन । यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ११ : ४१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले