१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ



काठमाडौं । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका(१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्।

बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बर्तौला काठमाडौं(१६ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीबाट पक्राउ परेका हुन्।

आचार्यका अनुसार बर्तौला नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएर क्यासिनो छिरेका थिए। प्रारम्भिक अनुसन्धानको क्रममा बर्तौलाले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएको खुलेको छ।

बर्तौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ। कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध छ। क्यासिनोहरूले ‘सेटिङ’ गरेर नेपालीलाई छिराउने गरेको गुनासो पनि अत्यधिक रहँदै आएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : २४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा