१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ



काठमाडौं । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका(१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्।

बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बर्तौला काठमाडौं(१६ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीबाट पक्राउ परेका हुन्।

आचार्यका अनुसार बर्तौला नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएर क्यासिनो छिरेका थिए। प्रारम्भिक अनुसन्धानको क्रममा बर्तौलाले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएको खुलेको छ।

बर्तौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ। कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध छ। क्यासिनोहरूले ‘सेटिङ’ गरेर नेपालीलाई छिराउने गरेको गुनासो पनि अत्यधिक रहँदै आएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : २४ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र