२ पुस २०८२, बुधबार | December 18, 2025

आइएमई पेबाट भुक्तानी गर्दा दैनिक एक जना विजेतालाई १ हजार बोनस



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ‘लोड, पे, विन !’ योजना सार्वजनिक गरेको छ। मङ्सिर २० गतेदेखि पुस २० गतेसम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक एक जना विजेताले १ हजार बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमबाट सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको आइएमईले जनाएको छ ।

यस योजनामा बम्परमा तीन जना भाग्यशाली विजेताले योजना अवधिभर आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्ने पनि जनाइएको छ ।

आएमईका अनुसार प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आइपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्ने छन् ।

यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा १ हजार आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्छ । बम्पर विजेताहरुले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजारसम्म प्राप्त गर्न सक्ने छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली- २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ५७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल