४ पुस २०८२, शुक्रबार | December 19, 2025

बरोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : श्रममन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्रभएको बताएका छन् ।

आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले भने, “सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।” सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि महाशाखा, बोर्ड र विभाग भए पनि आन्तरिक रोजगारीका लागि केही व्यवस्थान भएकाले आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको मन्त्री भण्डारीको भनाइ छ । “मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापनाले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्नेछ”, उनले भने ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : ०० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा